
काठमाडौं, जेठ २४ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले ‘बाफिया’ ऐन आउँदै नआउनुभन्दा आउनु राम्रो भएपनि बैंकिङ क्षेत्रको जोखिम न्यूनीकर र सुशासनमा सबैपक्ष सचेत हुनुपर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार राजधानीमा गरेको छलफल कार्यक्रममा क्षेत्रीले बजारमा चलेको चर्चाअनुरुप बाफिया ऐन आएमा बैंकिङ क्षेत्र जोखिममा आउनसक्ने बताएका हुन् ।
उनले ९५ प्रतिशत जनताको पैसा रहेको बैंकमा ५ प्रतिशत लगानी हुने प्रवद्र्धकले मनपरी गर्न नसकून् भनेर बाफिया ल्याइएको बताए ।
अर्थ समितिका सदस्य दीपक कुइँकेलले बाफियामा संशोधन नराखी अगाडि बढ्नै नसक्ने स्थिति रहेकाले समितिले संशोधनसहित पारित गरेको दाबी गरे ।
अनुगमन गर्ने निकायले राम्रोसँग अनुगमन गरे सन्चालकले गल्ती गर्दा कारबाही गर्नसक्ने उनले उल्लेख गरे ।
बैंक तथा वित्तीय क्षेत्रमा संस्थागत् सुशासन र जोखिम व्यवस्थापनका लागि भन्दै नेपाल राष्ट्र बैंकले प्रस्ताव गरेको नयाँ ऐन बाफियाको व्यवस्था व्यहारिक नभएको भन्दै सांसदहरुले उल्ट्याइदिएका थिए ।
प्रतिक्रिया दिनुहोस्