२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


आयोजनाको सफल कार्यान्वयन नगर्नेहरुलाई दन्ड : अर्थमन्त्री


0
Shares

काठमाडौं, जेठ २५ । अर्थमन्त्री विष्णु पौडेलले उच्च आकांक्षाको बजेट भएपनि कार्यान्वयन हुनसक्ने बजेट ल्याएको बताएका छन् ।

बजेट देखाउनका लागि नभइ कार्यान्वयन गर्नका लागि ल्याइएको उनको भनाइ छ ।

मंगलबार हामीसँग कुरा गर्दै मन्त्री पौडेलले नीति, विधिलाई गतिशील र ढिलासुस्तीलाई अन्त्य गरी प्रभावकारीले ढंगले बजेट कार्यान्वयन गर्ने बताए ।

बजेट वितरणमुखी भयो भन्ने टिप्पणी सही नभएको भन्दै उनले स्थानीय निकायका लागि बजेट विनियोजन गर्दैमा र सामाजिक भत्ता बढाउँदैमा वितरणमुखी भयो भन्न नमिल्ने जिकिर गरे ।

पुँजीगत खर्च बढाउन विकास आयोजनाको जिम्मेवारी आयोजना प्रमुखको हुने भन्दै उनले आयोजनाको सफल कार्यान्वयन नगर्नेहरुलाई दन्ड र सजाय हुने बताए