२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


शेयर बजारमा दोहोरो अंकको सुधार जारी


0
Shares

काठमाडौं, जेठ २५ । मंगलबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार जारी रह्यो ।

बजार परिसूचक नेप्से दोहोरो अंकले उकालो लागेर १५ सय ३१ मा पुग्यो । होटल र जलविद्युत् समूहबाहेक कारोबार भएका अरु सबै समूहमा सुधार आएसँगै नेप्से सुधारिएको हो ।

यसदिन पनि बीमा समूहमा सबैभन्दा उच्च ८८ अंकको बृद्धि आयो । वाणिज्य बैंक १६ अंकले र विकास बैंक समूह पनि १० अंकले उकालो लाग्यो ।

अन्य र वित्त समूह भने सामान्य अंकले सकारात्मक रहेका हुन् । होटल समूह ३२ अंकले र जलविद्युत् समूह १४ अंकले ओरालो लाग्यो । उत्पादनमूलक समूह भने स्थीर रह्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३३ कम्पनीको १६ लाख ६० हजार कित्ता शेयर १ अर्ब १५ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।