
टेकराज अवस्थी (इमेज)
डडेल्धुरा, जेठ २६ । डडेल्धुराका उद्यमी महिलाले कुहिएर खेर गइरहेको अल्लो बिक्री गरेर राम्रो आम्दानी गर्न थालेका छन् ।
गाङखेत गाविस–१ कमलटुँडाका २६ जना महिलाले गाङखेत खोलाबाट अल्लो संकलन गरी प्रशोधन तथा धागो उत्पादन गरेर राम्रो आम्दानी गरेका हुन् ।
उनीहरुले प्रशोधित अल्लो र धागो डडेल्धुरा सदरमुकाममा पुर्याएर बिक्री गर्ने गर्दछन् ।
उनीहरुले आफ्नो उत्पादन प्रतिकिलो एक हजार रुपैयाँका दरले बिक्री गरेर वार्षिक प्रतिव्यक्ति ३० देखि ४० हजारसम्म कमाउने गरेका छन् ।
गत वर्षमात्र ३ क्विन्टल अल्लोको धागो बिक्री गरेका महिला उद्यमीले यस वर्ष ८ क्विन्टलभन्दा बढी बिक्री गरिसकेका छन् ।
उनीहरुले अल्लो प्रशोधन गरी बिक्री गर्नुकासाथै आफ्ना लागि कपडा र झोलासमेत बनाउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्