२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


जथाभावी सडक खन्दा ताप्लेजुङमा गाउँ नै पहिरोको जोखिममा


0
Shares

रविन भट्टराई (इमेज)
ताप्लेजुङ, जेठ २६ । प्राविधिक सर्वेक्षण नै नगरी जथाभावी डोजर चलाइँदा ताप्लेजुङको ग्रामीण क्षेत्रका सडक जोखिमपूर्ण बनेका छन् ।

सामान्य प्राविधिक सर्वेक्षणसमेत नगरी डोजर सन्चालन गरी सडक निर्माण गर्न खोज्दा कतिपय गाउँमा जोखिम बढेको छ ।

जथाभावी खनिएका सडककै कारण पहिरो गएको छ भने ठूलो भू–भागमा क्षति पुर्‍याएको छ ।

ताप्लेजुङको फावाखोला, सिकैचा, आम्बेगुदिन, पेदाङ, फूलबारी, निगुरादिनलगायतका गाविसमा पुर्‍याइएका अधिकांस सडक अन्दाजको भरमा उपभोक्ता समितिका पदाधिकारी र एक्साभेटर सन्चालकहरुले नै खनेको पाइएको जिल्ला विकास समितिका योजना अधिकृत अम्बिका चौलागाइँले जानकारी दिइन् ।

यसरी खनिएका सडकले गाउँलाई नै पहिरोको जोखिममा पारेको छ भने वर्षात्को समयमा सडक हुँदै आवात–जावत गर्ने स्थानीयबासीलाईसमेत जोखिमपूर्ण यात्रा गर्न बाध्य बनाएको छ ।