
काठमाडौं, जेठ २७ । उपभोक्ताको माग थेग्न हम्मे परेपछि नेपाल आयल निगमले ग्यास आपूर्ति बढाउने भएको छ ।
निगमले भारतबाट मासिक थप १० हजार मेट्रिकटन ग्यास ल्याउन लागेको हो ।
निगम र भारतीय आयल कर्पोरेसन (आइओसी) बीच नयाँ दिल्लीमा मंगलबार राति अबेर सम्पन्न बैठकमा नेपाललाई उपलब्ध गराउँदै आएको ग्यास कोटा बढाउन सहमति जुटेको छ । बैठकले आइओसीकै अर्को रिफाइनरी पारादीपबाट थप १० हजार मेट्रिकटन ग्यास दिने निर्णय गरेको हो ।
यसअघि आइओसीले चार रिफाइनरीबाट नेपाललाई मासिक करिब २८ हजार मेट्रिकटन ग्यास उपलब्ध गराउँदै आएको थियो । अब दुई साताभित्रै पारादीप रिफाइनरीबाट थप ग्यास आउने आपूर्ति मन्त्रालयका सहसचिव उत्तम नागिलाले जानकारी दिए । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्