२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


कर्णाली करिडोरको काममा तीव्रता, दुई वर्षमै सक्ने सेनाको दाबी (भिडियोसहित)


0
Shares

सन्जीब बगाले (इमेज)
लालीघाट (कालीकोट), जेठ २७ । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको काम द्रुतगतिमा अघि बढेको छ ।

नेपाली सेनाले केही भागमा मोटर गुड्नसक्ने सडक बनाइसकेको छ भने यो वर्षमा कालीकोट क्षेत्रमा आंशिक ‘ट्रयाक’ खोलिसक्ने जनाएको छ ।

अबको चार वर्षमा सडक हुम्ला पुर्‍याउने योजना बनाइएको भएपनि बजेट उपलब्ध भए दुई वर्षमा कामसक्ने सेनाको दाबी छ ।

यो सडकका लागि बजेटको कमी हुन नदिने सरकारलेसमेत प्रतिबद्धता जनाएको छ ।

कर्णाली करिडोर जस्ता २१ ओटा आयोजनालाई सरकारले राष्ट्रिय गौरवका आयोजना भनेको छ । तर, अरु आयोजनाभन्दा कर्णाली करिडोरको अझ बढी महत्व छ ।

किनकी, यो आयोजनाले सिंगो कणालीको मुहार त फेर्छ नै त्योसँगै अहिलेसम्म सडक नपुगेको जिल्ला हुम्लामा पनि सडक पुग्छ । तर, यसका लागि कर्णाली करिडोरको काम सम्पन्न हुनु अनिवार्य छ ।

१ सय ९६ किलोमिटरको ट्रयाक खोल्नुपर्नेमा नेपाली सेनाले १५ किलोमिटर ‘मोटरेबल रोड’को ट्रयाक खोलिसकेको छ भने यो आर्थिक वर्षसम्म ६८ किलोमिटर आंशिक ट्रयाक खोलिसक्ने सेनाले जनाएको छ ।

कालीकोटको मलेवा आम्ताडा जस्ता निकै डरलाग्दा भीरहरु फोड्दै सेना अघि बढेको छ भने यो वर्षमा कालीकोटको जटिल क्षेत्रमा ट्रयाक खोल्ने काम सकिने नेपाली सेनाका प्राविधिक प्रमुख सेनानी इन्दिवर गुरुङको दाबी छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्