२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


शेयर बजारमा उछाल, नेप्से पुनः नयाँ उचाईमा, एकैदिन झन्डै २ अर्बको कारोबार


0
Shares

काठमाडौं, जेठ २७ । शेयर बजारमा उछाल आउनेक्रम साताको अन्तिम दिन विहीबार पनि कायमै रह्यो । बजार परिसूचक र कारोबार दुबैमा नयाँ रेकर्ड कायम भयो ।

नेप्से झन्डै २० अंक बराबरले उकालो लागेर १५ सय ६६ को नयाँ उचाई कायम गर्‍यो । कारोबार पनि हालसम्मकै उच्च एकैदिन झन्डै २ अर्ब बराबरको भयो ।

बीमा समूहमा ५ सय ९५ अंकको उच्चबृद्धि आएसँगै नेप्से उचालिएको हो । विकास बैंक समूहमा १२ अंकको सुधार आयो ।

वित्त, अन्य र जलविद्युत् समूह सामान्य अंकले सकारात्मक रहे । होटल र वाणिज्य बैंक समूह भने सामान्य अंकले ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३७ कम्पनीको १९ लाख बराबर कित्ता शेयर १ अर्ब ९० करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।