
काठमाडौं, जेठ २८ । मनकामना ग्रुपको उत्पादन जस्मिन पेन्ट्सको लोगो अंकित झन्डा सगरमाथाको चुचुरोमा फहराएको कम्पनीले जनाएको छ ।
जस्मिन पेन्ट्सका प्रतिनिधि नवांगनर्वु शेर्पाले जेठ ६ गते पेन्ट्स अंकित झन्डा सगरमाथाको चुचुरोमा फहराएको कम्पनीले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
रङ उद्योग क्षेत्रको प्रतिनिधित्व गर्दै सर्वोच्च शिखर सगरमाथासम्म पुग्ने जस्मिन पेन्ट्स सम्भवतः विश्वकै पहिलो रङ कम्पनी भएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्