२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


भीरमौरीको मह खाँदा ७ जना बिरामी


0
Shares

नवराज छत्कुली

धादिङ, वैशाख २२ । उत्तरी धादिङको रुविभ्याली गाउँपालिका वडा नं ४ बोराङमा भीरमौरीको मह खाएका ७ जना बिरामी भएका छन् । बिहान साढे नौ बजेतिर मह खाएका उनीहरु बिरामी परेका हुन् ।

बिरामी भएकामध्ये कान्छा लामा र तेसमान तामाङको अवस्था गम्भीर रहेकाले उनीहरुलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । 

बिरामी हुने अन्यमा मोक्ता लामा तामाङ, हिमाल विक, लालु विक, सुष्मा तामाङ, मि लामा तामाङ छन् । उनीहरुको स्वास्थ्य बिन्दु बोराङमा उपचार भइरहेको बोराङबाट स्थानीय विजय तामाङले जानकारी दिए ।

मह खाएपछि काम्ने, लड्ने, वाकवाकी लाग्ने लक्षण देखिएको थियो ।