२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


तातोपानीको लिपिङ खोला जलविद्युत् निजी क्षेत्रबाट निर्माण गरिने


0
Shares

चौतारा, जेठ २९ । सिन्धुपाल्चोकको तातोपानी गाविस–३ स्थित लिपिङ खोला जलविद्युत् आयोजना निजी क्षेत्रबाट निर्माण गरिने भएको छ ।

हिमरिभर हाड्रोपावर कम्पनीको तीन अर्ब लगानीमा निर्माण गरिने १६.२६ मेगावाटको उक्त आयोजनाको शुक्रबार नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको प्रबन्ध सन्चालक रामकाजी पौडेलले जानकारी दिए ।

आयोजनाको लागि प्रवेशमार्ग बनाउनु नपर्ने हुँदा केही सस्तो पर्ने बताइएको छ ।

विसं. २०७७ साल वैशाखमा सम्पन्न गर्नेे लक्ष रहेको सो आयोजना गौरिशंकर संरक्षण क्षेत्र र नेपाल–चीनको सीमानामा पर्दछ ।

उक्त आयोजनाको वातावरणीय प्रभाब मुल्यांकनको कामसमेत सम्पन्न भइसकेको छ ।

विद्युत् विकास विभागबाट केही दिनभित्रै उत्पादन अनुमति प्राप्त हुने प्रबन्ध सन्चालक पौडेलले बताए ।

एक हजार १०० मिटर पेनस्टक पाइप र एक हजार ३०० मिटर हेडरेस पाइपद्वारा पानी खसालिने आयोजनाको हेड ८०० मिटर रहनेछ ।

त्यहाँ उत्पादित विद्युत्लाइ ३४ किलोमिटर प्रशारणलाइनमार्फत् लामोसाँघुस्थित सब–स्टेसनमा आवद्ध गरी राष्ट्रिय प्रशारणलाइनमा जोडिनेछ ।

जिल्लामा योबाहेक निजी क्षेत्रबाट ६ ओटा आयोजनाको निर्माणकार्य भइरहेको छ ।

कुल २१२.९ मेगावाटका ती आयोजनाबाट आगामी एक वर्षदेखि दुई वर्षभित्र १७३.९ मेगावाटको पाँचओटा आयोजना सम्पन हुनेछन् भने ३९ मेगावाटको एक आयोजनामा चार वर्षभित्र सम्पन्न गरिने कार्यक्रम रहेको छ । रासस