काठमाडौं, जेठ २९ । अर्थमन्त्री विष्णु पौडेलले बजेटका कारण दैनिक उपभोग्य वस्तुको भाउ नबढेको दाबी गरेका छन् ।
आगामी आर्थिक वर्षको बजेट व्यवस्थापिका–संसदबाट पारित हुनुअगावै बजेटका कारण महँगी बढ्यो भन्नुको औचित्य नभएको उनको भनाइ छ ।
शनिबार राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री पौडेलले महँगी बढाउने गरी बजेट नल्याएको जिकिर पनि गरे ।
बजेट सार्वजनिक गर्नुअघि नै दोहोरो अंकको मूल्यबृद्धि रहेको भन्दै उनले आगामी वर्ष मूल्यबृद्धि ७ दशमलव ५ प्रतिशतमा सीमित पार्ने दाबी गरे ।
आगामी वर्ष मूल्यबृद्धि नियन्त्रण गर्न कार्ययोजना बनाउन सुरु गरिसकेको उनको भनाइ छ ।
मन्त्री पौडेलले बजेट पूर्णकार्यान्वयनमा आउने दाबी पनि गरे ।










प्रतिक्रिया दिनुहोस्