३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


चिनीको कालोबजारीमा उद्योगी नै संलग्न


0
Shares

काठमाडौं, जेठ ३० । किसानलाई उखु खरिदबापत करोडौं रुपैयाँ भुक्तानीमा आलटाल गरिरहेका उद्योगीले अभावको मौका छोपेर चिनीमा कालोबजारी गरेका छन् ।

चिनी आपूर्ति गर्ने मूख्य जिम्मेवारी पाएको साल्ट ट्रेडिङ कर्पोरेसन (एसटिसी) सँग चिनी मौज्दात सकिएपछि उत्पादन घटेको बहाना बनाएर उद्योगीले एकाएक भाउ बढाएर उपभोक्तासँग चर्को मूल्य असुलिरहेका छन् ।

बजारमा ६५ रुपैयाँ किलोमा किनबेच भइरहेको चिनीको भाउ अहिले करिब ८५ रुपैयाँ पु¥याइएको छ । एक महिना अवधिमा उद्योगी र व्यापारी मिलेर किलोमा २० रुपैयाँ भाउ बढाउदा पनि सरकारी निकाय मौन छ ।

चिनीको मूल्य ६२ रुपैयाँभन्दा धेरै बनाउन नपाइने सर्तमा उखुको मूल्य ४४८ रुपैयाँ प्रतिक्विन्टल निर्धारण गरेको भए पनि एक्कासी मूल्य बढाएर किसान र उपभोक्तामाथि शोषण गरेका हुन् । –नागरिक दैनिकबाट