Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


उद्योग निर्माणले पानीको मुहान सुक्यो


0
Shares

विकास पौडेल (इमेज)

चितवन, वैशाख २२ । चितवनको कालिका नगरपालिकामा पानीको मूल सुकेको छ ।

कालिका नगरपालिका–८ मा पानीको मुहाननजिकै एउटा ब्लक उद्योग निर्माण सुरु भएपछि त्यहाँ रहेका दुईओटा खानेपानीका मुहान सुकेका हुन् ।

योसँगै वडा नम्बर–६, ७ र रत्ननगर नगरपालिका वडा नम्बर–१५ मा पानीको समस्या भएको छ ।

२०६१ सालबाट सन्चालन हुँदै आएको मझुवा बुलबुले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र बाँसघारी मझुवा बुलबुले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले त्यस क्षेत्रमा पाइपलाइनमार्फत् करिब ५०० घरपरिवारलाई पानी वितरण गर्दै आएका थिए ।

मुहाननजिकै उद्योग निर्माण गर्न खाल्डो खनेसँगै धारामा पानी आउन छाडेको बाँसघारी मझुवा बुलबुले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाकी सचिव गोमा तिमिल्सिनाले बताइन् ।