३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


क्लीन फिड लागू हुन्छ : संचारमन्त्री राई


0
Shares

काठमाडौं, जेठ ३० ।   सूचना तथा संचार मन्त्री शेरधन राईले नेपाल विज्ञापन संघ (आन) ले माग गर्दै आएको ‘क्लिन फिड’ लागू गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

संघको आइबार राजधानीमा सम्पन्न २३औं वार्षिकोत्सव एवं १६औं साधारण सभामा मन्त्री राईले छिट्टै क्लिन फिड लागू हुने बताएका हुन् । मौलिक विज्ञापनमा ध्यान दिनुपर्नेमा जोड दिदै उनले डविङ्ग विज्ञापन प्रयोग पनि हटाइने बताए ।

संघका अध्यक्ष सन्तोष श्रेष्ठले क्लिन फिड लागू भएपछि हालको विज्ञापन बजार दोब्बरले बढ्ने बताए । खुम्चिदो अवस्थामा रहेको नेपाली विज्ञापन बजारलाई यो अवधारणा लागू भए पनि धेरै राहत मिल्ने र विदेशी विज्ञापनको प्रयोग बन्द हुने उनले बताए ।

कार्यक्रममा नेपाल सरकारका मूख्यसचिव डा. सोमलाल सुवेदी, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, आनका पुर्व अध्यक्ष निर्मलराज पौडेल, मिडिया सोसाइटीका सचिव मदन लम्साल लगायतले विज्ञापन बजारको विकासका लागि चालिनुपर्ने कदमका विषयमा मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा आनले नेपाल मिडिया सोसाइटी, चलचित्र प्राविधिक संघ, चलचित्र कलाकार संघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरेको थियो ।