
पाँचथर, वैशाख २२ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गको निर्माणकार्यमा ढिलाइ भएको छ ।
पाँचथर–तेह्रथुमका विभिन्न सडकखन्डको ठेक्कामा ठेकेदार कम्पनीहरुले काममा ढिलाइ गरेका हुन् ।
पाँचथरको चिवाभन्ज्याङदेखि दोरम्बासम्मको ५२ किलोमिटर खन्डमा ८ ओटा ठेक्काको काममा ढिलाइ भएको हो ।
पाँचओटा पुल र तीनओटा सडक स्तरोन्नितको काम भने भइरहेको छ ।
यसमध्ये सडक स्तरोन्नतिका दुईओटा ठेक्का चालू आर्थिक वर्षमा सकिने सम्भावना रहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयका प्रमुख अभिमान मुल्मीले बताए ।
लोकमार्गका सबै खण्डमा २०७५ सालभित्र कालोपत्र सक्ने योजना थियो । मिति थपेर २०७७ साल पुर्याइएपनि ठेकेदारको कामले लक्ष्य भेटाउन कठिन देखिएको छ ।
यस्तै, तेह्रथुमको संक्रान्ति–म्याङलुङ सडकखन्डको ६७ किलोमिटरको कामले पनि गति लिन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्