१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


‘नीति तथा कार्यक्रम अहिलेसम्मकै सबैभन्दा लामो र प्रचारमुखी’


0
Shares

काठमाडौं, वैशाख २२ । पूर्वअर्थमन्त्री डा. रामशरण महतले सरकारको नीति तथा कार्यक्रम प्रचारमुखी र आत्मप्रशंसामात्रै भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले नीति तथा कार्यक्रम अहिलेसम्मकै सबैभन्दा लामो र प्रचारमुखी भएको बताए ।

नीति तथा कार्यक्रममा विगतमा भएको कार्यक्रमकोमात्रै समीक्षा गरिएको, काल्पनिक र सपना बाँड्नेखालकोमात्र भएको उनको भनाइ थियो ।

केन्द्र, प्रदेश र स्थानीय तहको संरचना व्यवस्थित गर्नेतर्फ ध्यान नदिएको पनि उनले बताए ।

अर्थविद् डा. डिल्लीराम खनालले भने नीति तथा कार्यक्रमले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

नीति तथा कार्यक्रमले दोहोरो अंकको आर्थिक वृद्धि तथा पुँजीगत खर्च बढाउन सकारात्मक हुने उनको भनाइ छ ।

यद्यपि, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण रहेको भन्दै उनले कार्यान्वयनतर्फ ध्यान दिनुपर्ने बताए ।