३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


सदर चिडियाखानालाई सूर्यविनायकमा सार्ने विषयमा संसदीय समितिमा छलफल


0
Shares

काठमाडौं, जेठ ३१ । व्यवस्थापिका–संसदको वातावरण विकास समितिले विभिन्न स्थानहरुमा रहेका स–साना चिडियाखानाहरु पत्ता लगाइ तथ्यांक संकलन गरी व्यवस्थित र नियमन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

समितिको सोमबार बसेको बैठकले अवैधरुपमा रहेका चिडियाखानाहरुको अनुगमन गरी त्यसको तथ्यांक संकलन गर्ने र चिडियाखानासम्बन्धी नीति र कानुन बनाइ त्यसलाई नियमन गर्नुपर्नेमा जोड दिएको हो ।

बैठकमा सहभागी सांसदहरुले सरकारले स्वीकृति दिएकाबाहेक निजी चिडियाघर राख्न नपाउने कानुन बनाउनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा ललितपुरस्थित सदर चिडियाखानालाई भक्तपूरको सूर्यविनायकमा सार्ने विषयमा पनि छलफल भएको थियो ।

वि.सं. १९८९ सालमा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले निजीरुपमा स्थापना गरेको ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखाना २०११ सालदेखिमात्र सर्वसाधारणका लागि खुला गरिएको थियो ।