
काठमाडौं, जेठ ३१ । गृहमन्त्री शक्ति बस्नेतले नेपाल आउने पर्यटक तथा पर्यटकीय क्षेत्रहरुको सुरक्षा सरकारको जिम्मेवारी भएको भन्दै यसप्रति सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री बस्नेतले भूकम्प र नाकाबन्दीबाट कमजोर बनेको पर्यटन क्षेत्रमा सुरक्षाको विषय उठ्नु दुःखद भएको भन्दै सरकार यसप्रति गम्भीर रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले मुलुकको विकासका लागि उर्जा, पर्यटन र कृषिक्षेत्र मेरुदन्ड भएको भन्दै युवाशक्तिलाई यही क्षेत्रमा परिचालन गर्न राज्यले विशेष नीति लिनुपर्ने धारणा राखे ।
कार्यक्रममा सहभागी पर्यटन व्यवसायीहरुले ट्रेड युयिनन तथा अन्य राजनीतिक कारणले पर्यटन क्षेत्र धराशायी भएको गुनासो गरेका थिए ।
कार्यक्रममा इमेजकर्मी प्रतीक लामिछानेसहित विभिन्न सन्चारमाध्यममा कार्यरत पाँचजना पत्रकारहरुलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्