२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


विद्यार्थीलाई ‘धर्म परिवर्तन गराउने’ थप एकजना पक्राउ


0
Shares

रवीन्द्र गौतम (इमेज)
दोलखा, जेठ ३१ । दोलखामा विद्यार्थीहरुलाई जबर्जस्ती क्रिश्चियन बनाउन खोजेको आरोपमा थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा पूर्वी दोलखाको मिर्गे गाविस वडा नम्बर–२ का शक्ति पाख्रिन रहेका छन् ।

यसअघि, प्रहरीले चरिकोटस्थित दुईओटा बोर्डिङ स्कुलका सन्चालकसहित ७ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुको बयानको आधारमा पाख्रिनलाई सोमबार पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुले पाख्रिनले नै विद्यालयमा क्रिश्चियन सामग्री पठाइ विद्यार्थीहरुलाई धर्म परिवर्तन गराउन लगाएको बताएको जनाइएको छ ।

उनीहरुले चरिकोटको माउन्ट भ्यालीका करिब ५ सय र मोर्डन नेपालका करिब ३ सय ८५ जना विद्यार्थीलाई क्रिश्चियन धर्मसम्बन्धी सामग्रीहरु जबर्जस्ती घर लैजान लगाउने र त्यही पढाउने गरेका थिए ।