२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


आगामी आर्थिक वर्षमा प्रक्षेपित राजश्व उठ्छ : डा. अधिकारी


0
Shares

काठमाडौं, जेठ ३१ । सरकारले आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट ल्याएको छ । अहिलेसम्मको अवस्था हेर्दा भने अधिकांशले कार्यान्वयनमा आशंका व्यक्त गर्दै आएका छन् ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अर्थविद् डा.चन्द्रमणि अधिकारी भने आगामी आर्थिक वर्ष २०७३/७४ मा प्रक्षेपित राजश्व उठ्न समस्या नहुने दाबी गर्छन् ।

उनले चालु आर्थिक वर्षमा भूकम्प एवं नाकाबन्दीको अवस्थामा पनि लक्ष्यबमोजिम राजश्व उठ्ने स्थिति रहेको सोमबार हामीसँग बताए ।

सरकारले राजश्वको दायरा फराकिलो पार्ने एवं राजश्वको गहिराइ पनि बढाएकाले यसपालि राजश्वलाई कठीन नहुने उनको भनाइ छ ।

उनले आगामी आर्थिक वर्षको बजेटको आकार बढेकाले निजी एवं सार्वजनिक क्षेत्रमा पैसा जाने भएकोले २५ प्रतिशतसम्म राजश्व बृद्धि हुन समस्या नहुने बताए ।

उनले योपटक राजश्व परिचालन गर्न गाह्रो नभएपनि अर्कोपटक भने समस्या हुने बताए ।

देश प्रादेशिक संरचनामा गइसकेर काम गर्न थालेपछि राजश्व उठाउने क्षमता भने बृद्धि नहुने उनको भनाइ छ ।

सामान्य अवस्था रहिरहेमा समस्या नहुने तर फेरि बन्द, हडतालजस्ता घटना दोहोरिरहेमा भने लक्ष्य भेट्न गाह्रो हुने भएकाले यसतर्फ भने सबैपक्ष सचेत हुनुपर्नेमा उनको जोड छ ।