
काठमाडौं, जेठ ३२ । मंगलबार पनि सुनको मूल्य उकालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले उकालो लागेर ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार पनि २ सय रुपैयाँले बढेर ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको मूल्य भने ७ सय ९० रुपैयाँमै स्थीर रह्यो ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस १२ सय ८३ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्