२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


महिन्द्रा ‘पाओरोल जेनेरेटर’को आधिकारिक वितरकमा अग्नि ग्रुप


0
Shares

काठमाडौं, जेठ ३२ । महिन्द्रा ग्रुपअन्तर्गतको महिन्द्रा ‘पाओरोल डिजेल जेनेरेटर’को आधिकारिक वितरकमा अग्नि ग्रुपपलाई नियुक्त गरिएको छ ।

मंगलबार राजधानीमा महिन्द्रा एन्ड महिन्द्राका दक्षिण एसियाका भाइस प्रेसिडेन्ट तथा हेड अफ इन्टरनेसनल अप्रेसन्स सञ्जय जादवले नेपालमा उक्त जेनेरेटरका लागि अग्नि ग्रुपको सहायक कम्पनी अग्नि इनर्जीसँग साझेदारी गरेको जानकारी दिए ।

यस साझेदारीमार्फत् महिन्द्रा पाओरोल जेनेरेटर अब नेपालका १२ भन्दा बढी जिल्लाका उपभोक्तासम्म पुगेको कम्पनीले जनाएको छ ।

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले नेपालमा उक्त जेनेरेटर ७ दशमलव ५ देखि २०० केभिएसम्म उपलब्ध रहेको बताए ।

कम इन्धन खपत् गर्ने हुनाले यी उत्पादन मितव्ययी रहेको कम्पनीले जनाएको छ ।