२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


नागरिक लगानी कोष–नेपाल बैंकबीच बैकको केन्द्र्रीय खातामा सीधै रकम जम्मा हुने सम्झौता


0
Shares

काठमाडौं, असार १ । नागरिक लगानी कोष र नेपाल बैंक लिमिटेडबीच कोषको रकम बैकको केन्द्रीय खातामा एवीवीएसमार्फत् सीधै जम्मा हुनेसम्बन्धी सम्झौता भएको छ ।

बैकका सबै कार्यालयबाट एवीवीएसमार्फत् रकम संकलन तथा ट्रान्सफरका कार्यलाई अझ बढी सरल र सुविधायुक्त बनाउने उद्देश्यले दुई संस्थाबीच बुधबार सम्झौता भएको कोषले जनाएको छ ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र बैकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले हस्ताक्षर गरेका छन् ।

२०७३ साउनदेखि कोषको रकम केन्द्रीय खातामा जम्मा हुने जनाइएको छ ।