Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


मलद्वारमा लागू औषध लुकाएर बेच्न हिँडेका भुजेल पक्राउ


0
Shares

धरान, असार २ । सुनसरीको धरानबाट मलद्वारमा लुकाई ल्याएको लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरी धरान नगरपालिका ११ का २५ वर्षीय अर्जुन भुजेलबाट मलद्वारमा लुकाई राखेको लागुऔषध डाईजेलाव १० एम्पुल, लुपिजैसिक १० एम्पुल र एभिल १० एम्पुल बरामद भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

धरान नगरपालिका १० पुतलीलाईनस्थित विजयपुर हस्पिटलमा मलद्वारमा लागुऔषध बोकी बिक्री गर्न हिडिरहेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिई कार्यालयमा ल्याएर दिशा गर्न लगाउँदा लागुऔषध फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

भुजेललाई मंगलबार सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी कारवाही सुरू गरिएको उक्त कार्यालयले जनाएको छ ।

 

Skip This