
काठमाडौं, वैशाख २० । बंगालको खाडीबाट विकसित भएको समुद्री आँधी ‘फानी’को प्रभाव नेपालमा पनि देखिन सुरु भएको छ ।
फानीको प्रभाव र पश्चिमी वायुका कारण नेपालका केही स्थानहरुमा अहिले वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार आँधी फानी नेपालतर्फ आउने सम्भावना देखिएको छैन । तर, यसको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन सुझाव दिइएको छ ।
FANI चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नभए पनि सो सँग सम्बन्धित मौसम प्रणाली (Peripheral Effect) को कारणबाट नेपालको बिशेषत: पुर्व र मध्य भागमा बदली एबं केहि स्थानहरुमा वर्षा भएको छ।नेपालको पश्चिम र मध्य भु-भागमा भने पश्चिमी वायुको समेत प्रभाव रहेको छ। pic.twitter.com/wtn547rDVG
— Nepal Weather Forecast (@DHM_Weather) May 3, 2019
Alert
पछिल्लो ३ घण्टामा नेपालको मध्य क्षेत्र खासगरी चितवन,मकवानपुर र काठमाडौं उपत्यका लगायतको क्षेत्रमा मध्यम वर्षा भैरहेको छ।आगामी ३ घण्टाको पूर्वानुमान अनुसार प्रदेश ५ र कर्णाली प्रदेशको पहाडी क्षेत्रमा समेत मध्यमसम्म वर्षा हुने देखिएकोले उल्लेखित क्षेत्रहरुमा सतर्कता जरुरी। pic.twitter.com/LLkoTbejAG— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) May 3, 2019
‘हिमाली क्षेत्रमा हेलिकोप्टर उडान नगर्नोस्’
गृह मन्त्रालयअन्तर्गत्को राष्ट्रिय आपत्कालीन कार्यसन्चालन केन्द्रले पूर्वी हिमाली क्षेत्रमा ठूलो हिमपात हुनसक्ने भन्दै सो क्षेत्रमा अहिलेदेखि नै शनिबार दिनभरसम्म हेलिकोप्टर उडान नगर्न आग्रह गरेको छ ।
केन्द्रले शुक्रबार ट्वीटमार्फत् पर्यटक र यात्रीहरूलाई सुरक्षित स्थानमा रहन अनुरोधसमेत गरेको छ ।
पूर्बी हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने हुँदा सो क्षेत्रमा अहिले देखिनै भोलि दिनभरसम्म हेलिकप्टर उडान नगर्नु नगराउनुहुन र पर्यटक एवं यात्रुहरूले सुरक्षित स्थानमा रहनु हुन अनुरोध छ । https://t.co/9K04r5l0gE
— NEOC, MoHA Nepal (@NEOCOfficial) May 3, 2019
पर्यटकलाई सुरक्षित राख्नोस् : विभाग
यता, पर्यटन विभागले पर्यटकहरुलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।
‘नेपालका विभिन्न क्षेत्रमा भ्रमणमा रहनुभएका तथा पर्वतारोहणका लागि विभिन्न हिमाल अवस्थित क्षेत्रमा जानुभएका पर्यटक तथा पर्यटकलाई व्यवस्थापन गर्ने एजेन्सीहरुले स्थानीय मौसमको ख्याल गरी आफू र आफ्ना पर्यटकलाई सुरक्षित स्थानमा राख्ने तथा कुनै क्षति हुन नदिने प्रबन्ध गर्नू/गराउनू भइ नेपालको पर्यटन क्षेत्र सुरक्षित र विश्वसनीय रहेको सन्देश प्रवाहमा सहयोग गर्नुहुन अनुरोध छ’–विभागद्वारा शुक्रबार जारी सूचनामा भनिएको छ ।
Alert Notice relating to Weather and it’s forecast… pic.twitter.com/B7ZjvjRMm8
— Department of Tourism (@hello_dot_np) May 3, 2019
भारी हिमपातको सम्भावना
फानीको प्रभावबाट पूर्वी र मध्यका स्थानहरुमा मेघगर्जन/चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने तथा एक/दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, नेपालको हिमाली भू–भागमा पनि मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ ।
साथै, देशको पश्चिमी क्षेत्रमा शुक्रबार पश्चिमी वायुको प्रभाव रहने हुँदा केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको जनाइएको छ ।
आइतबारदेखि मौसममा क्रमिकरुपमा सुधार आउने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पुरी तटसँग ठोक्कियो
समुद्री आँधी ‘फानी’ शुक्रबार भारत, ओडिसाको पुरी तटसँग ठोक्किएको छ । फानी ओडिसा आइपुगेको हो ।
त्यहाँका तटीय क्षेत्रका झन्डै ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको भारतीय सन्चारमाध्यमले जनाएका छन् ।
त्यहाँको मौसम विभागले ओडिसाको तटीय क्षेत्रबाट भित्रिएको फानी आँधी उत्तरपूर्वी दिशामा कमजोर हुँदै जाने जनाएको छ ।
मौसम विभागकाअनुसार फानीको गति १७५ किलोमिटर प्रतिघन्टादेखि १८५ किलोमिटर प्रतिघन्टासम्म हुनसक्नेछ । यसका कारण समुद्रमा झन्डै डेढ मिटरसम्म छाल आउनसक्नेछ ।
पुरीको तटीय क्षेत्रमा ठोक्किएपछि यो चक्रवात ओडिसाकै खुर्दा, कटक, जगतसिंहपुर, केन्द्रपाडा, जाजपुर, भद्रक, बालेश्वर जिल्ला हुँदै पश्चिम बंगालतर्फ बढ्दैछ । त्यसपछि यसले बंगलादेशका केही भागमासमेत प्रभाव पार्ने जनाइएको छ ।
मौसमविद्हरुकाअनुसार जमिनको सम्पर्कमा आएपछि फानीको तीव्रता कम हुनेछ ।
#WATCH #CycloneFani hits Puri in Odisha. pic.twitter.com/X0HlYrS0rf
— ANI (@ANI) May 3, 2019
The sound and the fury : here’s what the landfall at Puri by #CycloneFani actually looked like..
Video by @PIBBhubaneswar pic.twitter.com/4GpvKFkRQ3
— PIB India (@PIB_India) May 3, 2019
Furious FANI
Devastation in Jagatsinghpur, Odisha. All are united to clear the blockade.@PIB_India pic.twitter.com/kqJDJjgzYN
— PIB in Odisha (@PIBBhubaneswar) May 3, 2019
प्रतिक्रिया दिनुहोस्