Logo १४ भाद्र २०८३, आइतबार | Mon Aug 31 2026


राजधानीमा एक युवालाई बन्धक बनाई राख्ने दुईजना पक्राउ


0
Shares

काठमाडौं, असार ३ । सप्तरी जिल्लाको राजविराज नगरपालिका–१ बस्ने २३ बर्षीय नविन कुमार चौधरीलाई बन्धक बनाई राख्ने सिराहा नगरपालिका–७ बस्ने २३ बर्षीय सन्तोष कुमार यादव र सिराहा अर्नाहा–३ ब्रमपुगी बस्ने २० बर्षीय निरज कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले बुधबार चौधरीलाई काठमाडौँ महानगरपालिका–३४ आलोकनगर नयाँबानेश्वरबाट बन्धक बनाई गौशाला एरियामा राखेको भन्ने खबर बिहीबार प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले नयाँबानेश्वर कार्यश्वरमार्गस्थित उनीहरुको कोठाबाट पीडितलाई सकुशल उद्धार गर्नुका साथै उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।

प्रहरीले सो घटनाका बारेमा थप अनुसन्धान भइरहेको भन्दै विस्तृत विवरण दिएको छैन ।