२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


आफ्नै ओछ्यानमा मृत भेटिइन् महिला


0
Shares

लहान, वैशाख २० । सिरहा नगरपालिका–१४, खिरौनामा शुक्रबार बिहान एक महिला आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिएकी छन् ।

सिरहा नगरपालिका–१४, खिरौनाकी २१ वर्षीया मनिषाकुमारी मण्डल मृतावस्थामा भेटिएकी हुन् ।

मृतक मनिषाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहामा ल्याएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

मनिषाको हत्या हो वा आत्महत्या त्यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खरेलले बताए ।

यता, स्थानीयवासीले घरपरिवारकै सदस्यबाट मनिषाको हत्या भएको हुनसक्ने आशंका गरेका छन् ।

गत फागनु १७ गते रामेश मण्डलसँग मनिषाको विवाह भएको थियो । बिहेका बेला दिएको दाइजो कम भएको भन्दै सासू तारा मण्डलले मनिषालाई पटक–पटक शारीरिक यातना तथा कुटपिट गर्दै आएको माइतीपक्षको आरोप छ । रासस