Logo ११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026


१० हजार तिरेर ७ दिनमा पाइने राहदानी अब ३ दिनमै


0
Shares

काठमाडौं, असार ३ । राहदानी विभागले रु १० हजार तिरेर एक हप्तामा पाइने राहदानीलाई अब तीन दिनमै दिने भएको छ ।

घन्टौं लाममा बसेर एकहप्तामा राहदानी लिने व्यवस्था भएपनि आगामी असार १५ गतेदेखि तीन दिनभित्रै राहदानी पाउने व्यवस्था मिलाइएको विभागका महानिर्देशक लोकबहादुर थापाले जानकारी दिए ।

उनले भने–‘अहिलेसम्म रु १० हजार तिरेर एक हप्तामा पाउने राहदानी अब सोही शुल्कमा तीन दिनमा पाउने व्यवस्था मिलाएका छौं ।’

विहीबार बसेको मन्त्रिपरिषदको बैठकले कति समयमा राहदानी लिनेलाई कति शुल्क लाग्ने भन्नेबारेमा निर्णय गरेको थियो ।

सो बैठकले आकस्मिकरुपमा लिनपरेको खन्डमा रु १५ हजार, दुई दिनमा लिनुपरेमा १२ हजार र तीन दिनमा लिएमा रु १० हजार लाग्ने निर्णय गरेको थियो ।

१० वर्षभन्दा कम उमेरका नाबालकका हकमा राहदानी शुल्कमा आधा रकम छुट दिइएको छ ।

महानिर्देशक थापाले राहदानी नभएका कारण टिकट रद्द गर्नुपर्ने अवस्था आउन नदिन यो प्रक्रियाले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने–‘राहदानी नभएर ५० हजारको टिकट स्थगन गर्नुपर्ने र रुँदै हिँड्नुपर्ने अवस्थामा थप पाँच हजारमा उसको अधिकार स्थापित हुन्छ ।’ रासस