
काठमाडौं, असार ३ । सामान्य प्रशासनमन्त्री रेखा शर्माले सबै क्षेत्रबाट महिला सशक्तिकरणलाई अघि नबढाए राजनीतिक क्षेत्रमा अहिले महिलाले हासिल गरेको उपलब्धिसमेत गुम्नसक्ने विचार व्यक्त गरेकी छन् ।
महिला व्यवसायिक प्रशिक्षण संस्था एवं साइसा ब्यूटी एन्ड हेल्थ केयर होमको शुक्रबार राजधानीमा बानेश्वरमा उद्घाटन गर्दै मन्त्री शर्माले महिला सशक्तिकरणको आवश्यक्ता औंल्याएकी हुन् ।
महिलालाई व्यवसायिक प्रशिक्षण दिएर सक्षम बनाउने उद्देश्यले २० वर्षअघि ललितपुरमा स्थापित महिला व्यावसायिक प्रशिक्षण संस्थाले शुक्रबारदेखि काठमाडौंबाट आफ्नो सेवा सुरु गरेको हो ।
कार्यक्रममा संस्थाका सन्चालक समितिका सदस्य सुदीप पाठकले महिलालाई आर्थिक तथा सामाजिकरुपमा सबल बनाउन र सामाजिक कार्य गर्ने उद्देश्यले स्थापना गरिएको यो संस्थाले १३ हजारभन्दा बढी महिलालाई सीपमूलक तालिम प्रदान गरिसकेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्