३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


भारतीय तीर्थालुले यसरी ठप्प पारे सुर्खेत विमानस्थल, केही घाइते (फोटोफिचर)


0
Shares

मानबहादर वली (इमेज)
सुर्खेत, असार ३ । भारतीय तीर्थयात्रीको अवरोधका कारण सुर्खेत विमानस्थल शुक्रबार दिउँसो साढे दुई घन्टा ठप्प हुन पुग्यो ।

हुम्लाबाट नेपालगन्ज विमानस्थलको बोर्डिङपास दिएर सुर्खेतमा झारिएको भन्दै मानसरोवरबाट फर्किएका भारतीय तीर्थालुले रनवेमै सुतेर अवरोध गरेका थिए ।

भारतीय तीर्थयात्रीका कारण शुक्रबार हुम्ला जाने र त्यहाँबाट आउने ६ ओटा उडानसमेत अवरुद्ध भयो ।

रनवेको अवरोध हटाउन प्रहरीले बल प्रयोग गरेको थियो । जसमा एक महिला प्रहरीसहित केही तीर्थालु घाइते भएका छन् ।

शुक्रबार बिहान हुम्लाको सिमीकोटबाट नेपालगन्जका लागि भारतीय तीर्थयात्री बोकेर उडेको गोमा एअरका दुई जहाज सुर्खेतमै रोकिएपछि विवाद सुरु भएको थियो ।

भारतीय तीर्थयात्रीहरुले गोमा एअरले नेपालगन्जसम्म पुर्‍याउने भन्दै बोर्डिङपास दिएकोमा नेपालगन्जको सट्टा सुर्खेत ल्याएर अलपत्र पारेको आरोप लगाएका छन् ।

नागरिक उड्डयन प्राधिकरण सुर्खेत शाखाका निमित्त निर्देशक छवीसिंह ठकुल्लाले भने एजेन्ट र एअरलाइन्सको कमजोरीका कारण विमानस्थल अवरुद्ध हुन पुगेको बताए ।

अलपत्र परेका सबै भारतीय तीर्थालुलाई शुक्रबारै गोमा एअरबाटै नेपालगन्ज लगिएको छ ।