गृष्मा राजभण्डारी/देवेन्द्र महर्जन (इमेज)
नुवाकोट, असार ३ । मानिसमा उद्यमशीलताको विकास गराउने हो भने सानो सहयोगले पनि ठूलै उपलब्धि हासिल हुनसक्छ भन्ने पुष्टि गरेका छन्–नुवाकोट, रातमाटे र पिपलटारका महिलाहरुले ।
काठमाडौंबाट ७० किलोमिटर उत्तरमा रहेका नुवाकोटको रातमाटे र पिपलटारका बासिन्दा तरकारी खेती र ढाका बुनाइबाट मनग्य आम्दानी हुन थालेपछि दंग छन् ।
नेपाल सरकारअन्तर्गत् गरिबी निवारण कोष र राष्ट्रसंघीय विकास कार्यक्रमअन्तर्गत् भूकम्पप्रभावित ७ जिल्लामा लघु उद्यम विकास कार्यक्रम सन्चालन गरिएपछि यी गाविसका बासिन्दाहरुको दिन फर्किएको हो ।
अष्ट्रेलिया सरकारको वैदेशिक मामिला र वाणिज्य विभागको आर्थिक सहयोगमा सन् १९९८ देखि नेपालमा सुरु गरिएको यस कार्यक्रमअन्तर्गत् यहाँका उद्यमी महिलाहरुले तरकारी खेती र ढाका बुनाइबाट मनग्य आम्दानी गर्न सफल भएका हुन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्










प्रतिक्रिया दिनुहोस्