Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


सुनको मूल्य शुक्रबार ओरालो लाग्यो


0
Shares

काठमाडौं, असार ३ । पछिल्ला दिन निरन्तरजसो उकालो लाग्दै रहेको सुनको भाउमा शुक्रबार भने सामान्य कमी आयो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको भाउमा तोलामा ४ सय रुपैयाँले कमी आएर ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

निरन्तर उकालो लागेर सुनको भाउ विहीबार तोलाको ५७ हजार रुपैयाँ पुगिसकेको थियो ।

शुक्रबार चाँदीको भाउ पनि १० रुपैयाँले ओरालो लागेर ७ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १२ सय ८७ डलर हाराहारीमा कारोबार भएको थियो ।