Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


तमोर नदीमाथिको मोटरेबल पुलको निर्माणकार्य पुनः रोकियो


0
Shares

रविन भट्टराई (इमेज)
ताप्लेजुङ, असार ४ । ताप्लेजुङको दोभानस्थित तमोर नदीमाथिको मोटरेबल पुलको निर्माणकार्य पुनः रोकिएको छ ।

जिल्लाका दुईओटै निर्वाचन क्षेत्र जोड्ने उद्देश्यले निर्माण थालिएको पुलको काम रोकिएको हो ।

वर्षायामसँगै नदीमा पानीको बहाव बढेको भन्दै निर्माणको जिम्मा लिएको कम्पनीले मंसिरसम्मका लागि काम रोकेको हो ।

सम्झौता भएको दुई वर्षसम्म काम नै नगरी बसेको हुलास कम्पनीले बर्खा लागेपछि काम सुरु गरेको थियो ।

तर, पानीको बहावले काम प्रभावित हुने र हालसम्म बनाएको संरचना पनि बगाउने भन्दै कम्पनीले काम रोकेको छ ।

कम्पनिका इन्जिनियर उद्धव रानाले पानीको बहाव घट्न मंसिर नै लाग्ने भएकाले त्यसबेला समयसम्म काम गर्न नसकिने बताए ।

आर्थिक वर्ष २०६५/०६६ मा ठेक्का आह्वानपछि सम्झौता भएअनुसार २०७२ साल असोज महिनामा सकाउनुपर्ने भनिएपनि ठेकेदार र पुल निर्माणका लागि चाहिने सामान उत्पादक कम्पनीको लापरबाहीका कारण गत फागुनबाटमात्र कामले गति लिएको थियो ।

एक वर्षअघि नै निर्माणकार्य पूरा भइ सक्नुपर्नेमा अझैसम्म काम नभएपछि स्थानीयबासी आक्रोशित भएका छन् ।