२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


सन्धिखर्कमा दुर्लभ र लोपोन्मुख गिद्ध भेटिए


0
Shares

अर्घाखाँची, वैशाख २० । विश्वमै दुर्लभ र लोपोन्मुख पक्षी गिद्ध अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको फोहोर फ्याक्ने ठाउँमा भेटिएका छन् ।

पछिल्लो समय मरेका चौपायालाई खुला ठाउँमा नफ्याँकी गाड्ने प्रचलन बढेपछि आहारा खोज्न गिद्ध यहाँ आएको अनुमान गरिएको छ ।

आहारा नपाउँदा गिद्ध लोप हुने अवस्थामा पुगेका छन् ।

अर्घाखाँचीमा आएका गिद्ध तराईका रैथाने लोपोन्मुख डंगर गिद्ध, दुर्लभ सुन गिद्ध, सेतो गिद्ध, हिमाली गिद्ध, हाडफोर गिद्ध, खैरो गिद्ध र राज गिद्ध भएको नेपाल पक्षी संरक्षण संघका विज्ञ ईश्वरी चौधरीले बताए ।

गिद्धलाई मरेका जनावरको सिनो खाइ वातावरण स्वच्छ र सन्तुलित राख्ने पक्षीकारुपले पनि चिनिन्छ ।