
काठमाडौं, असार ४ । नेकपा एमालेले नयाँ संविधानबमोजिम पार्टीलाई ७ ओटा प्रदेशस्तरीय कमिटी बनाउने गृहकार्य पूरा गरेको छ ।
शनिबार बस्ने पार्टीको स्थायी कमिटीको बैठकमा प्रदेश कमिटीको खाकाबारे छलफल हुने पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिए ।
गत जेठ २४ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समितिको बैठकले प्रदेश संगठन कमिटीको गृहकार्य गरी पेस गर्न केन्द्रीय संगठन विभाग र सचिवालयलाई जिम्मा दिएको थियो ।
प्रदेश कमिटीमा संयोजक, पदाधिकारी वा स्थायी कमिटी सदस्य कोबाट गर्ने, सदस्यमा केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, पूर्वजिल्ला अध्यक्ष वा क–कसलाई राख्ने भन्नेबारेमा विभागले खाका तयार गरेको बुझिएको छ ।
यसअघि, एमालेको केन्द्रीय कमिटीको बैठकले प्रदेश कमिटीमा जाने सैद्धान्तिक निर्णय गरेको थियो ।
हाल एमालेमा केन्द्रीय कमिटी मातहतमा विभिन्न अञ्चल समन्वय कमिटी छन् । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्