२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


राष्ट्रिय सहमतिबिना निर्वाचन असम्भव : दाहाल


0
Shares

ध्रुव भट्टराई (इमेज)
विराटनगर, असार ४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिबिना चुनाव सम्भव नहुने बताएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गदै दाहालले संविधान कार्यान्वयन गर्दै मुलुकलाई सहजमार्गमा पुर्‍याउन चुनाव अपरिहार्य भएपनि राष्ट्रिय सहमतिबिना सम्भव नहुने बताएका हुन् ।

निर्वाचन गराउन सरकारले सबै पक्षलाई साथमा लिएर जानुपर्ने भन्दै उनले सामान्य छलफलबाटमात्र नहुने स्पस्ट पारे ।

सत्तापक्ष, प्रतिपक्ष र मधेसी मोर्चासमेतको सहयोगबाटमात्र चुनाव गर्न सकिने उनको भनाइ थियो ।

अध्यक्ष दाहालले एक महिनाभित्र राष्ट्रिय सहमति बन्ने सम्भावना रहेको पनि बताए ।

उनले राष्ट्रिय सहमतिको सरकार र निर्वाचनको विषय एकैसाथ टुंगिनसक्ने बताए ।

अर्को एक प्रसंगमा अध्यक्ष दाहालले संविधान पुनर्लेखनको सम्भावना नरहेकोसमेत बताए ।

संविधानमा आवश्यक संशोधन गर्न सकिने भएपनि पुनर्लेखनमा जानेबित्तिकै संविधान खारेजीमा जाने उनको भनाइ थियो ।