२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


प्रधानमन्त्री ओली नै सहमतिको बाधक : खाँड


0
Shares

भक्तपुर, असार ४ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले कांग्रेस सहमति र चुनावको पक्षमा रहेको बताएका छन् ।

शनिबार नेपाल तरुण दल जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको ‘वर्तमान संविधान कार्यान्वयनमा नेपाल तरुण दलको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उनले स्थानीय निकायको चुनाव चाँडै होस् भन्ने कांग्रेसको चाहना रहेको बताए ।

स्थानीय निकायको निर्वाचन अगाडि संविधान संशोधन गर्नुपर्ने बताउँदै उनले त्यसका लागि कांग्रेसको सहमति आवश्यक रहेको उल्लेख गरे ।

‘अहिलेको समय शान्ति, संवाद, सहयात्रा र सहमतिको हो । तर, प्रधानमन्त्री केपी शर्मा ओली सहमतिको पक्षमा हुनुहुन्न, उहाँ नै सहमतिको बाधक हो’–उनले भने ।

उनले तरुण दल, नेवि संघलगायत भातृ संगठनको वर्तमान कार्यसमितिले अधिवेशन गर्न नसके र सभापति देउवाले भंग पनि नगरे पदाधिकारीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने औंल्याए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य महेन्द्र यादव, सुरेन्द्रराज पाण्डे, लक्ष्मी परियार, कांग्रेस जिल्ला सभापति दुर्लभ थापा, पूर्वसभापति गणेशमान चक्रधर, तरुण दल जिल्ला अध्यक्ष विनोद कुँइकेललगायतले विपक्षीलाई बेवास्ता गरेर सरकार तानाशाही ढंगले अगाडि बढेकाले आन्दोलनमार्फत् सरकार फाल्नुपर्ने धारणा राखेका थिए । रासस

फाइल फोटो