११ असार २०८२, बुधबार | Thu Jun 26 2025


सरकारलाई महिला पत्रकारको प्रश्न: ‘हाम्रो व्यवसायिक सुरक्षा खोई ?’


0
Shares

      तस्वीर सौजन्य:भीमकुमार बाँस्कोटा

काठमाडौं, असार ४ । नेपाली महिला पत्रकारहरुलाई राज्यले व्यसायिक सुरक्षा र सम्मानजनक अवसर नदिएको राष्ट्रिय स्तरको एउटा भेलामा सहभागी महिलाहरुले गुनासो गरेका छन् ।

लोकतान्त्रिक पत्रकारहरुको छाता संस्था नेपाल प्रेस युनियन, महिला विभागले काठमाडौंमा आयोजना गरेको दुई दिने राष्ट्रिय भेलाका क्रममा देशभरका संचारसंस्थाहरुमा महिला पत्रकारहरु व्यवसायिक रुपमा सुरक्षित नभएको आवाज उठाएका छन् ।

नेपाल प्रेस युनियनकी उपाध्यक्ष तथा विभागकी संयोजक बाला अधिकारीले पत्रकार महिलाको पेशागत सुरक्षा, कार्यक्षेत्रमा सम्मान हुनुपर्छ भन्ने हाम्रो जोडदार माग हो । उनले भनिनः ‘हरेक संचारगृहमा ३३ प्रतिशत महिलाको दरबन्दी हुनुपर्ने प्रावधानलाई कार्यन्वयन गराउन सरकारसँग भेलामार्फत जोडदार माग गरेका छौं  ।’

देशभरबाट भेला भएका करिब डेढसय बढी महिला पत्रकारहरुले आफूहरुले पुरुषसरह सम्मानजनक अवसर नपाएको साथै संचारगृह र राज्य पक्षबाटै लैङ्गिकमैत्री व्यवहार नभएको गुनासो गरे । युनियनका अध्यक्ष बद्री सिग्देलले महिला पत्रकारहरुको क्षमता अभिबृद्धी, व्यवसायिक सुरक्षालगायतका विषयमा युनियन गम्भिर रहेको साथै जस्तोसुकै पहल गर्न तयार रहेको प्रष्ट पारे ।

युनियनका महासचिब अजयबाबु शिवाकोटीले भेलामार्फत उठेका मागहरुलाई यथाशक्य सम्बोधन गर्न सरकारलाई दबाब दिन संगठन तयार रहेको बताए ।

भेलामा नेपाली कांग्रेसका शिर्ष नेताहरु, प्रेस काउन्सिलका प्रतिनिधिहरु, पेशागत संगठनका प्रतिनिधिहरुले महिला पत्रकारको क्षमता अभिबृद्धिका कार्यक्रमहरु सक्रियताका संचालन गर्न युनियनलाई सुझाव दिए ।

भेलाले लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसाथ गर्दै, श्रमजीवी महिला पत्रकारको पेशागत सुरक्षा एवंम हकहितको पक्षमा रही, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, संविधान प्रदत्त मौलिक हकअधिकारको पूर्ण सम्मान गर्दै साथै पत्रकार आचार संहिताको पूर्ण पालना गर्ने प्रतिवद्धता सहित घोषणा पत्र जारी गरेको छ । घोषणा पत्रको प्रमुख अंश यहाँ उल्लेख छ ।

  संघिय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधानले ब्यवस्था गरेअनुरुप राज्यका हरेक निकायमा ३३ प्रतिशत महिलाको सहभागिता कार्यान्वयन गर्न माग  गर्दछ । सोही ब्यवस्था अनुसार सबै प्रकारका सञ्चार गृहहरुमा पनि कर्मचारी एवंम पत्रकारको दरबन्दीमा कम्तिमा ३३ प्रतिशतको प्रावधान अनिवार्य लागू गर्न जोडदार माग गर्दछ ।
२     सरकारले आर्थिक आवदेखि लागू हुने गरि घोषणा गरेको पत्रकारको स्वस्थ्य उपचारमा ५० प्रतिशत छूटको ब्यवस्थाको हार्दिक स्वगत गर्दै तदारुकताको साथ लागू गर्न पनि यो भेला माग गर्दछ । यो ब्यवस्था पत्रकारका परिवारका लागि पनि लागू गर्न सरकारसँग माग गर्दछ । साथै महिला पत्रकार सवालमा उपचारमा शत्प्रतिशत छूट  गर्न माग गर्दछ ।
३     श्रमजीवि पत्रकारलाई न्यूतम पारिश्रमिक निर्धारण समितिले सिफारिश गरे अनुसारको सबै  सुविधा  कार्यान्वयन गर्न र लागू भए नभएको अनुगमन गर्न नेपाल सरकारसँग यो भेला माग गर्दछ । त्यस्तै वार्षिक रुपमा महंगी भत्ता तथा सञ्चार भत्ता वृद्धि गर्न, वार्षिक रुपमा स्वस्थ्य उपचार भत्ता एकै तहमा काम गर्ने महिला र पुरुषको पारिश्रमिकमा समानता कायम गर्न जोडदार माग गर्दछ । वृत्ति विकासका अवसर समान रुपमा उपलब्ध गराउन यो भेला माग गर्दछ । योगदानमा आधारित सामाजिक सुरक्षाको ब्यवस्था गर्न पनि यो भेला सरकारसँग जोडदार माग गर्दछ ।
४     कार्यरत महिला पत्रकारको पेशामा निरन्तरताको वातावरण बनाउन अन्य सार्वजनिक विदा सहित, तलब सहितको तीन महिनाको सुत्केरी विदा, परिवारका सदस्यको मृत्यु हुँदा किरिया तथा शोक विदाको ब्यवस्था गर्न  माग गर्दछ ।
५    सञ्चार गृहमा लैङ्गिक मैत्री काम गर्ने वातावरण हुनुपर्ने, रातको समयमा काम गरेर घर फर्कनका लागि यातायातको सुविधा अनिवार्य उपलब्ध गराउन ब्यवस्थाको माग गर्दछ ।  
६    विशेष सेवा उद्योगको रुपमा सञ्चार गृह स्थापना हुने हो भने त्यस्ता उद्योगमा लागि श्रमजीवी पत्रकार ऐन पूर्णरुपमा कार्यान्वयन, ट्रेड युनियन अधिकार उपभोग गर्न पाउने छूट पूर्व शर्त हुनु पर्ने माग पनि योभेला गर्दछ  । अन्य उद्योग सरह ६ जना भन्दा बढी महिला वा पुरुष कामदार भएको सञ्चार गृहमा शिशु स्याहार केन्द्रको ब्यवस्था गर्न पनि भेला माग गर्दछ ।
७    महिलाहरुद्वारा सञ्चालित सञ्चार गृहका लागि राज्यबाट विशेष सम्बोधन  गर्न पनि यो भेला माग गर्दछ ।
८     पत्रकार महासंघको आगामी अधिवेशनका लागि प्रेस युनियनका तर्फबाट  प्रतिनिधित्व बढाउन पहल गर्ने । पत्रकार महासंघको जिल्ला कार्यसमितिमा भएको आरक्षण ब्यवस्था कायम राख्दै, पार्षद चयन गर्दा पनि न्यूनतम ३३ प्रतिशतको आरक्षण अनिवार्य लागू गर्न यो भेला माग गर्दछ ।