रौतहट, असार ४ । उखुको भुक्तानी माग गर्दै रौतहटका किसानले आज पूर्वपश्चिम राजमार्गको चन्द्रनिगापुरमा चक्काजाम गरेका छन् ।
गरुडामा रहेको श्रीराम सुगर मिल्सले १८ हजार किसानको तीन वर्षअघिदेखिको ९० करोड रुपैयाँ भुक्तानी नगरेको भन्दै किसानहरुले चक्काजामसहित प्रदर्शन गरेका हुन् ।
उद्योग मन्त्री सोमप्रसाद पाण्डे र राज्यमन्त्री मेगराज निसादको रोहबरमा श्रीराम सुगर मिल्सले रकम भुक्तानी गर्ने सहमति जनाएको भए पनि अहिलेसम्म सहमति कार्यान्वयन नगरेको आरोप किसानको छ ।





प्रतिक्रिया दिनुहोस्