३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


यस साता ९ अर्ब बढिको शेयर कारोबार, नेप्से ३५ अंकले बृद्धी


0
Shares

काठमाडौं, असार ४ । यस साता पनि शेयर बजार परिसूचक नेप्सेसहित कारोबार परिमाणमा पनि उच्च बृद्धि आयो ।

एकै सातामा ९ अर्ब बढि रुपैयाँको शेयर कारोबार भयो । यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ४९ कम्पनीहरुको ९ अर्ब ३० करोड ७२ लाख रुपैयाँ बराबरका १ करोड ५२ लाख कित्ता सेयरहरु खरिद बिक्री भए ।

गत साता १ पनि ४९ कम्पनीहरुको ६ अर्ब ८६ करोड रुपैयाँ बराबरका ९२ लाख ४५ हजार कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

कारोबार रकम गत साताको तुलनामा करिब ३६ प्रतिशतले बढि हो । यस साता नेप्से पनि उच्च अंकले बढ्यो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा करिब ३५ अंकले बढेर अन्तिम दिन १६ सय ३२ अंकमा पुग्यो ।

यस साता पनि बीमा समूह सबैभन्दा उच्च ६ सय ६० अंकले बढ्यो । यस्तै जलविद्युत समूह १ सय ३ अंकले, विकास बैंक समूह ८९ अंकले र उत्पादनमुलक समूह पनि ५२ अंकले बढ्यो ।

वाणिज्य बैंक र अन्य समूहमा भने सामान्य गिरावट आयो । यस साता कारोबार रकम र कारोबार संख्याको नेपाल बंगलादेश बैंक र कारोबार भएको सेयर संख्याको आधारमा सिद्धार्थ इक्विटी ओरिएन्टेड स्किम अग्रस्थानमा रहे ।

कारोबार रकमकै आधारमा नेपाल बंगलादेश बैंकलाई नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक, युनाइटेड इन्स्योरेन्स कम्पनी, एभरेस्ट बैंक र रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरले क्रमशः पच्छ्याउ पुगे ।