
-हिमाल पौडेल, ईमेज
काठमाडौं, असार ४ । रोटर्याक्ट नेपाल डिष्ट्रिक ३२९२ ले परोपकारी संस्था धुर्मुस–सुन्तली फाउण्डेशनलाई साढे २ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
रोटर्याक्ट नेपालको शनिबार राजधानीमा सम्पन्न नवौं डिष्ट्रिक लिडरसीप ट्रेनिङ्ग सेमिनार (डिएलटिएस) मा धुर्मुस–सुन्तली फाउण्डेशनलाई २ लाख ६८ हजार रुपैयाँ सहयोग प्रदान गरिएको हो ।
रोटर्याक्ट क्लब अफ बुटवलको संयोजनमा अमेरिकामा बस्ने नेपालीबाट संकलित उक्त रकम रोटरी डिष्ट्रिक ३२९२ को आगामी वर्षका गभर्नर जया राज्यलक्ष्मी शाहले कुञ्जना घिमिरले सुन्तलीलाई प्रदान गरिन् ।
धुर्मुस–सुन्तली फाउन्डेसनले भुकम्प पीडितहरुका लागि सुरक्षित आवास निर्माणको काम गर्दै आएको छ ।
कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ सन् २०१६/१७ की डिष्ट्रिक गभर्नर जया राज्यलक्ष्मी शाहले रोटरीले संचालन गर्दै आएको सामाजिक कार्यलाई अगाडि बढाउन रोट¥याक्ट नेपालले खेल्दै आएको भूमिकाको प्रशंसा गरिन् ।
उनले मातृ संस्थाको रुपमा रोटरी क्लबले रोटर्याक्ट क्लबहरुलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन । रोटरी डिष्ट्रिक ३२९२ का पुर्व गभर्नर तीर्थमान शाक्यले रोटरी नेपाल लिट्रेसी मिसनको बारेमा जानकारी गराएका थिए भने रोटारियन एवं पूर्व मिस नेपाल श्वेता सिंहले युवाहरुको व्यक्तित्व तथा पेशागत विकास विषयमा रोटर्याक्टरहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा रोटारियनहरु अनिल श्रेष्ठ, विष्णु बहादुर कार्की, रोट्याक्ट डिष्ट्रीक ३२९२ का वर्ष २०१५/१६ का डिष्ट्रिक रोट्रयाक्ट रिप्रिजेन्टीभ समिर नेपाल, वर्ष २०१६/१७ का डिष्ट्रिक रिप्रिजेन्टिभ सुशीलकुमार कार्की लगायतले रोटर्याक्ट मुभमेन्टको विषयमा बोलेका थिए ।
एक दिने नवौं डिष्ट्रिक लिडरसीप ट्रेनिङ्ग सेमिनारमा मुलुकभरबाट करिब ७ सय ५० जना रोटर्याक्टरहरुको सहभागिता रहेको कार्यक्रममा रोटरी वर्ष २०१६/१७ का लागि चयन भएका क्लवहरुका अध्यक्ष, सचिव, कोषाध्यक्ष, क्लवको विभिन्न तहका अफिसरहरुलाई तालिम दिइएको थियो ।
कार्यक्रम रोटर्याक्ट क्लव अफ रुद्रमति ववरमहल, रोटर्याक्ट क्लव अफ न्युरोड सिटी काठमाडौ र रोटर्याक्ट क्लव अफ मनोहराको संयुक्त आयोजनामा भएको थियो ।
कार्यक्रममा रोटरी बर्ष २०१५–१६ मा विभिन्न विधामा उत्कृष्ट काम गर्ने रोटर्याक्ट क्लब तथा रोटर्याक्टरहरुलाई सम्मान पनि गरिएको थियो । मुलुकभर रहेका ९८ वटा रोटर्याक्ट क्लबमा आवद्ध यसका सदस्यहरुले विभिन्न सामाजिक कार्य गर्दै आएका छन् ।
रोट्याक्ट क्लवमा आबद्ध नयाँ तथा पुराना सदस्यहरुलाई नेतृत्व विकासका क्षेत्रमा दख्खल र शसक्त बनाउने उद्देश्यले रोटर्याक्ट नेपाल डिष्ट्रिक ३२९२ ले हरेक वर्ष यस्तो कार्यक्रम गर्दै आएको छ
कार्यक्रममा हालै सडक दुर्घटनामा परेका निधन भएका रोटर्याक्ट क्लब अफ पवर्तका अध्यक्ष सन्तोष पौडेलको नाममा रोटर्याक्ट नेपाल डिष्ट्रिक ३२९२ ले १ लाख रुपैयाँको कोष स्थापना गरेको जनाएको छ ।
सोही कोषमा रोटरी डिष्ट्रिक ३२९२ को सन् २०१६/१७ का गभर्नर जया राज्यलक्ष्मी शाहले १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्