
काठमाडौं, असार ४ । प्रशासनिक संरचनामा परिवर्तन नभए यसपटक पनि पूँजीगत खर्च हुन सक्नेमा अर्गविद्हरुले शंका व्यक्त गरेका छन् । पूँजीगत खर्चमा बृद्धि नआए मुल्यबृद्धि उच्च हुने चेतावनी उनीहरुले दिएका छन् ।
शनिबार राजधानीमा आयोजित साक्षात्कारमा अर्थविद् प्रा.डा. विश्वम्भर प्यार्यालले भूकम्प र नाकाबन्दीका कारण मुलुकले ७० प्रतिशत कुल ग्राहस्थ उत्पादन गुमाएको अवस्थामा बजेटको आकार बढ्नु स्वभाविक भएको बताए ।
तर, अन्तरपार्टी समझदारी नहुनु, संसदमा रहेका ऐन पारित नहुनु, प्रशासनिक र शासकीय स्वरुपमा परिवर्तन नहुँदासम्म बजेट कार्यान्वयनमा चुनौती रहेको उनले औल्याए । अर्थराज्य मन्त्री दामोदर भण्डारीले बजेट कार्यान्वयनको चरणमा गएपछि मुल्यबृद्धि घट्दै जाने दाबी गरे ।
मूल्यबृद्धिप्रति सरकार सचेत रहेको भन्दै उनले मुल्यबृद्धि नियन्त्रण गर्ने योजना बनाइरहेको र बजेट कार्यान्वयनमा जाने वित्तिकै मुल्यबृद्धि घट्ने उनले जिकिर गरे ।
राष्ट्रिय योजना आयोगका सदस्य चन्द्रकान्त पौडेलले बजेट कार्यान्वयन प्रधानमन्त्रीको ईच्छाशक्तिमा भर पर्ने बताए ।
उनले बजेट कार्यान्वयनका लागि मन्त्री, सचिव र विभागीय प्रमुखहरुलार्ई जिम्मेवार बनाउनुपर्ने भन्दै यसका लागि प्रधानमन्त्रीले काम नगर्नेलाई कारवाही गर्न सक्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्