
काठमाडौं, असार ५ । आइतबार सुनको मूल्य पुनः उकालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुुनको मूल्य तोलामा ४ सयले उकालो लागेर ५७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुनको मूल्य चार सयले नै ओरालो लागेर ५६ हजार ६ सयमा आइपुगेको थियो । चाँदीको भाउ पनि ५ रुपैयाँ बढेर ८ सयमा किनबेच भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंस १२९८ डलर हाराहारीमा कारोबार भइरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्