Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


सडक स्तरीय नहुँदा यात्रा जोखिमपूर्ण


0
Shares

उदयपुर, असार ६ । उदयपुरका सबै गाउँ विकास समिति र नगरपालिकालाई सडक संजालले जोडे सडक स्तरीय नहुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

साँघुरो, मोड नमिलेको र ठाउँठाउँमा पहिरो जानाले यात्रा जोखिमपूर्ण बनेको हो । दैनिक दर्र्जनौं संख्यामा सवारी संचालन हुने उदयपुरका ग्रामिण भेगका सडकको स्तरोन्नतिका लागि सम्बन्धित निकायले चासो नदिएको गुनासो स्थानीयको छ ।

उदयपुरका बेल्टार–चिसापानी सडकखण्ड बढी जोखिम रहेको छ । सवारी साधनले यात्रु बाहेक दैनिक उपभोग्य सामग्री समेत ढुवानी गर्दै आएका छन् ।