
धादिङ, असार ६ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुषास्थित चरौँदीमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ ।
जनकपुरबाट काठमाडौं आउँदै गरेको ना ५ ख २०८१ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बसका चालक कृष्णलाल साह र भारतको नयाँ दिल्ली घर भएका रत्नलाल शर्मा छन् ।
दुवै जनाको उपचारको लागि काठमाडौं ल्याउने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यलय धादिङले जनाएको छ । बसमा ४० यात्रु थिए । अन्य यात्रुहरु भने सकुशल छन् ।
प्रतिक्रिया दिनुहोस्