२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


विपत् व्यवस्थापन पूर्वअभ्यास प्रदर्शनी


0
Shares

धनकुटा, वैशाख १९ । सुक्खायाममा लाग्ने डढेलो तथा आगलागीबाट हुने जोखिम न्यूनीकरण गर्न बिहीबार धनकुटामा सचेतनामूलक प्रदर्शनी गरिएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समिति र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाको आयोजनामा विपत् व्यवस्थापन पूर्वअभ्यास प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीमा आगलागी हुने कारण, त्यसबाट बच्ने उपाय, घाइतेको उद्धार, प्राथमिक उपचार र घाइतेलाई अस्पतालसम्म पुर्‍याउन अपनाइने तरिका तथा विपत्मा परेकाहरुलाई तत्काल गर्नुपर्ने सहयोगका विषयमा जानकारी दिइएको थियो ।