२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


टिपरको ठक्करबाट छोरीको मृत्यु, बाबु घाइते


0
Shares

रुपन्देही, वैशाख १९ । बुटवल, पाखापानीमा बिहीबार भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल–१२, तामनगरका २० वर्षीया पुष्पा भण्डारी रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार भोजप्रसाद पाण्डेले जानकारी दिए ।

दुर्घटनामा परी पुष्पाका बुवा ४७ वर्षीय घनश्याम भण्डारी घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु१ख ६२३३ नम्बरको टिपरले पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको लु४५प ७२३४ नम्बरको स्कुटरलाई पाखापानीको मनकामना मन्दिरनजिकै ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस