४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


दैनिक ३०० युवा विदेशतिर, जाजरकोटका गाउँघर रित्तिँदै (भिडियो रिपोर्ट)


0
Shares

गणेश बानियाँ (इमेज)

जाजरकोट, असार ६ । जाजरकोटका युवा–युवतीहरु कामको खोजीमा विदेशिन थालेपछि गाउँघर सुनसान भएका छन् ।

दैनिकरुपमा भारतको कालापार जाने युवा–युवतीको लर्को लाग्न थालेपछि गाउँहरुमा बालबालिका र बृद्धबद्धामात्रै बाँकी भएका छन् ।

रोजगारीको सिलसिलामा जाजरकोटका ग्रामीण भेगका युवा–युवती भारतको कालापार जान थालेपछि जाजरकोटका गाउँघर रित्तिन थालेको छ ।

दैनिक तीन सयभन्दा बढीको संख्यामा युवा–युवती अहिले कामकोे खोजीमा विदेशिने गरेका छन् ।

ठूलो संख्यामा गाउँका युवा वर्ग विदेशिएसँगै जाजरकोटका गाउँघरमा बालबालिका र बृद्ध–बृद्धाको संख्या बढी हुन थालेको छ ।

२६ गाउँ विकास समिति र एउटा नगरपालिका रहेको जाजरकोटमा यो वर्ष कामको खोजीमा भारत जानेको संख्या अत्याधिक बढेको हो ।

गएको हिँउदमा पानी नपर्दा अन्नबाली राम्रो उत्पादन नभएपछि घर–परिवारमा आफ्नो खेतीबाट ३ देखि ६ महिनामात्र खान पुग्ने भएकोले काम खोज्दै भारततिर जानुपर्ने रहर नभएर बाध्यता भएको उनीहरुको भनाइ छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।