१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


यो हो ३४९ वर्ष पुरानो राजा श्रीनिवास मल्लको सुनको सिंहासन, यस्तो छ इतिहास (भिडियो)


0
Shares

काठमाडौं, असार ६ । ३ सय ४९ वर्ष पुरानो श्रीनिवास मल्लको स्वर्ण सिंहासनको सोमबार प्रदर्शन गरिएको छ ।

ललितपुरको प्रसिद्ध कृष्णमन्दिरको प्रांगणमा शेषनाग रहेको सुनको सिंहासन प्रदर्शन गरिएको हो ।

प्रत्येक वर्ष सबभन्दा लामो दिनकोरुपमा मानिने जेष्ठ पूर्णिमाको दिन सिंहासन प्रदर्शन गर्ने परम्परा छ ।

पाटन ओकुबहाल बस्ने जोधाजु शाक्यले वि.सं. १७२४ शुक्ल अष्टमी बृहस्पतिका दिन सम्यक महापूजा गरी तत्कालीन राजा श्रीनिवास मल्ललाई सो सिंहासन चढाएका थिए ।

वर्षाको प्रतीक नागहरु भएको सिंहासन यसरी सर्वसाधारणका लागि प्रदर्शन गर्दा वर्षा हुने जनविश्वास रहेको छ ।

सोही अवसरमा सिद्धिनरसिंह मल्लको जीवनसँग सम्बन्धित ३ सय ८० वर्ष पुरानो पौभाचित्र पनि प्रदर्शन गरियो ।

यसैगरी, ३ सय ९६ वर्ष अगाडि राजा सिद्धिनरसिंह मल्लले रचेको ३२ रागको परम्परागत् शास्त्रीयसंगीत पनि प्रस्तुत् गरियो ।

वर्षकै सबैभन्दा लामो दिन मानिने आजको दिनलाई संगीत दिवसकारुपमा पनि मनाइन्छ ।

सिद्धिनरसिंह मल्लका वंशजहरुले मेघ मल्हारसहितका ३२ रागका शास्त्रीयगायन प्रस्तुत् गरेका थिए ।

हाल १७ ओटा रागमात्र गाउने गरेको र १५ ओटा राग लोप भैसकेको कात्तिक नाच संरक्षण समितिले जनाएको छ ।

सो ३२ रागसहितको शास्त्रीय गायन मंसिर महिनामा रातो मच्छिन्द्रनाथको मन्दिर परिषर तः बहालमा प्रस्तुत् गर्ने गरिन्छ ।

भिडियो हेर्नुहोस्